कार र एम्बुलेन्स एक आपसमा ठोकिदा ८ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ ३० गते १९:११
कार र एम्बुलेन्स एक आपसमा ठोकिदा ८ जना घाईते

कावासोती  । पुर्बपश्चिम राजमार्गको नारायणगढ–कावासोती खण्डको दलदलेमा एम्बुलेन्स र कार एक आपसमा ठोक्किदा ८ जना घाईते भएका छन् ।

दलदलेस्थित कुल एन एलेन पेट्रोल पम्प अगाडी पश्चिमबाट पुर्वतर्फ जाँदैै गरेको बा २ च ८९९२ नं. को कार र पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ५६०४ नं. को एम्बुलेन्स एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते ८ जनालाई प्राथमिक उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको अस्थायी प्रहरी पोस्ट दलदलेले जनाएको छ ।

दुर्घटनामा भक्तपुर सूर्य विनायक नगरपालिका – ४ बस्ने कमल बहादुर खड्का, काठमाण्डौ महानगरपालिका -१६ हर्कबहादुर डाँगी , भक्तपुर सूर्य विनायक नगरपालिका-४ बस्ने भोलानाथ न्यौपाने, भक्तपुर सूर्य विनायक नगरपालिका-४ बस्ने सुदिप खड्का, रुपन्देही सैनामैना नगरपालिका-२ बस्ने ईन्द्रमणी पौडेल प्युठान स्वर्गद्धारी नगरपालिका-८ बस्ने छमीदेबी अधिकारी, प्युठान स्वर्गद्धारी-२ राम बहादुर थापा, प्युठान स्वर्गद्धारी-८ बस्ने गिर बहादुर थापा घाइते भएका प्रहरीले जनाएको छ।

 

प्रकाशित : २०७७ माघ ३० गते १९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI