देवचुली जेसीजको प्रि-ईन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १ गते २१:५०
देवचुली जेसीजको प्रि-ईन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

देवचुली । देवचुली जेसीजको प्रि-ईन्डक्सन तथा लोम अफिसर तालिम शनिबार देवचुलीमा सम्पन्न भएको छ ।

देवचुली जेसीज वर्ष २०२१ का पदाधिकारी, बोर्ड सदस्यहरु तथा साधारण सदस्यहरुका लागि १ दिने तालिम सन्चालन गरिएको देवचुली जेसीज वर्ष २०२१ अध्यक्ष निलकण्ठ पोख्रेलले बताए ।

विवेक अधिकारीको संयोजनमा सम्पन्न तालिममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षका सल्लाहकार एवं गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

तालीममा रजहर जेसीजका अध्यक्ष राजु केसि, देवचुली जेसीज वर्ष २०२१का पदाधिकारी, बोर्ड सदस्य, पुर्व अध्यक्ष एवं पदाधिकारीहरु, देवचुली जेसीजका सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित : २०७७ फागुन १ गते २१:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI