संरक्षणमा एक दशक

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ३ गते ११:५१
संरक्षणमा एक दशक

ढुन्डिराज के.सि .-

चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती क्षेत्र के हो के काम गर्छ , कसले कसरि रकम दिन्छ भन्ने प्रश्नहरु आम मानिसका लागि हुन सक्छन् । तर पारिवारिक संस्कार नै वन्यजन्तुको शिक्षा पाउने अवसर मैले भने प्राप्त गरे ।

वाल्यकाल देखि नै जिज्ञाशु स्वभावका कारण जंगलि जनावर र तिनिहरुकु आनिवानि , आहार , वासस्थान का वारेमा एकदमै जान्न मन लाग्ने र वुवा त्यहि कर्म गर्ने भएकोले एकदमै उत्सुक भएर ती प्रश्नहरुको उत्तर वुवा संग तथा उहाँको सहकर्मी हरु संग खोजिकार्य निरन्तर चलिरहेको छ आजको दिनसम्म पनि ।

सन् २०१३ को जुन महिनमा मैले नागरिक वैज्ञानिक नामक तालिम लिने अवसर प्राप्त गरे र म मा थप उर्जन मिलेको आभाष गरे । मानव र वन्यजन्तु विचको असमझदारि र यसैका कारण उत्पन्न परिस्थितिले द्वन्द निम्त्याएको हुनाले कसरी कम गर्न सकिन्छ भन्ने मनमा खुलदुलिहरु दिनहरु चल्न थाल्यो । सोहि अनुरुप म चितवन राष्ट्रिय निकुञ्ज , मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावलि र निर्देशिका वमोजिम नारायणि पुरुष समुहको अध्यक्ष , क्षेत्र नं ७ को निर्विरोध प्रतिनिधि र सिसवार मध्यवर्ती उपभोक्ता समितिको करिव दुई तिहाइ मतका साथ म निकुञ्जकै कान्छो कोषाध्यक्षमा निर्वाचित भए ।

नीति , नियमावलि अनुसार वजेट व्यवस्थापन , उपभोहरुको चाहना र वजेट आदि धेरै कुराहरुले संरक्षण कार्यमा गति नपुगेको भान हुनु स्वभाविक नै हो । सिमीत श्रोत र साधनका विच जनतामा काम गर्न सहज भने पक्कै थिएन । जनताहरुको खेति वालि र भण्डारण गरेका अन्न खाने ,घर पालुवन जनावर खाने , घाइते वनाउने , उपभोक्ता हरुको घाईते तथा मृत्यु यी यावत कार्यहहरु दैनिकि जस्तै हुन्थे ।

युवालाई संरक्षणमा जोड्ने अभियान स्वरुप म समितिको कोषाध्यक्ष भएता पनि युवा परिचालनको हिसावले समुदायमा आधारित चोरि सिकार नियन्त्रणमा युवा जागरण अभियानको ईन्चार्ज भएर युवाहरू संग जोडिएर काम गर्न थाले ।

सानो उमेर , कलोलो मस्तिष्क , फरक विचारकै कारणले म समितिमा सवैको तारो जस्तो हुन्थे , कि अब यसको प्रतिक्रिया के हुन्छ , के भन्छ भनेर सवैजनाको ध्यान मै तिर हुन्थ्यो । वैकल्पिक उर्जा प्रयोग गरे बापत केही राहत रकम दिईन्थ्यो त्यसलाई परिमार्जन गरि सोलार सिस्टम जडान भएको उपभोक्ता लाई लागत साझेदारि गरिदिने , अल्मुनियमको झ्याल ढोका निर्माण तालिम , टेलरिङ्ग तालिम , मोवाईल फोन मर्मत , ड्राइभिङ हेन्डिक्राप्ट , व्युटिसियन जस्ता तालिमहरु निरन्तर चलिरहे । समयको माग भनौ , जम्मा रु ३०,०००को रकमले पिप्रहरको होमस्टे सुरुवात भो र आज ग्रामिण पर्यटकिय क्षेत्रको हिसावले हव वन्दै गईरहेको छ , यता देवचुलि १ , केउरानिमा होम स्टे व्यवस्थापन तालिमले शसिवार वोटे माझी सामुदायिक होम स्टे सञ्चालनमा आएको छ ।

संरक्षणमा कर्म अगाडि वढ्दै गर्दा राष्ट्रिय प्रकृति संरक्षण कोष ल्त्ल्ऋ द्वारा घडियाल गोहिको अनुगमन कार्यमा जोडिन पुगे , त्यसोत देवचुलि नगरिको पहिलो रेडियो स्टेसन ज्ञण्घ.ड ह्यप्पि एफ एम वाट एतिहासिक घडियाल काव्य उत्सव गरिसकेका थियौं । सोहि दिनहरु वाट मैले संरक्षण अभियानलाई रेडियो वाट पनि जोडे , कार्यक्रम हाम्रो वन हाम्रो धन मार्फत ।

प्रकृति संग साहित्य घडियाल काव्य उत्सव , जहा हामिले साहित्यकार हरुलाई घडियाल गोहिको वारेमा जानकारि तथा रचनाहरु वाचन गरि संरक्षण अभियानमा नयाँ पन दिएका थियौ । तसर्थ गोहिको वारेमा सिक्न जान्न र तिनिहरुको आनिवानि वुझ्ने यो अवसर मलाई एकदमै राम्रो र समयको माग अनुसारको पाए । कहिले डुङ्गामा , त कहिले नदि किनारमा म र मेरो टिमका साथिहरु निरन्तर हिडि रह्यौ । सिकाई सङ्गै आफुले जानेका ज्ञान सिपहरु बिस्तारै पुस्ता हस्तान्तरण गर्दै गए , अभियानमा नयाँ साथिहरु पनि जोड्दै लगे । हामिले यहि अभियान लाई देवचुलि देखि त्रिवेणी धाम सम्म पुराउने लक्ष्यका साथ सिसवार मध्यवर्ती उपभोक्ता समिति , नगरपालिका उप प्रमुख पार्वता तिवारि सहित वडा अध्यक्ष ज्युहरु सिविएपियुका साथिहरु सवै भई घडियाल गोहिको समग्र अवस्था , नारायणि नदिमा मानविय चाप जान्न र अध्ययन गर्न हामी सफल भयौं यो मेरो जिवनको आज सम्मको सवैभन्दा लामो जलयात्रा थियो , र स्मरण योग्य रहिरहने छ ।

हामी नदिमा निरन्तर अनुगमन गरिरहदा , मलाई व्यत्तिगत र संस्थागत दुवै फाइदाजनक रह्यो , सानो पर्यटन व्यवसायि भएको हिसावले घडियाल गोहि कहाँ होला भनेर पर्यटकलाई झुलाईरहन कहिल्यै परेको छैन , ५र४ वटा निश्चित गोहिको बाँस स्थान छन् जहाँ सधैजसो घडियाल गोहि र मगर गोहि पाईन्छ । यो सफलताको श्रेय उपभोक्ता समिति , निकुञ्ज परिवार , मेरो टिम र सरोकारवाला सवै निकायलाई जान्छ । र यो संरक्षण अभियानको निरन्तरताको कारण पनि हो ।

विगत ३ वर्षदेखिको एउटा मात्रै मुद्दामा हामि अलपत्र पर्यौ , राज्यका सवै नितिहरु निरीह भएको अनुभूति भयो , पुर्व पश्चिम लोकमार्ग मध्यवर्तीको साध , सिमाना छ र सो भन्दा भाथि रहेको , चौधरि परिवारको उद्योगको फोहर पानी ( ढल ) सिधै नारायणी नदिमा पुगेको छ । धेरै पटक भनियो , लिखित पत्र दिईयो खैर सुनुवाई नै हुदैन । घडियाल गोहि मात्रै नभएर जलचर र थलचर सवै प्राणिहरुमा सिधा असर गरेको छ । आजको दिन सम्म पनि फोहर पानी नारायणी नदिमा पुगिरहेको छ । माथि रहेका गोर्खा व्रुअरि , अभिनास ह्याचरि आदिको ढल निकासका लागि पनि नारायणी नदि नै प्रयोग गर्छन । नदि किनारका ससाना देखि तारे होटल जसले एक सिङ्गे गैडा देखाएर आफुहरु कमाउ धन्दामा छन् र डम्पिङ साईड नारायणि नदि वनाईरहेका छन् ।

 

यसको नियमन कसले गर्ने ?

कानुनको धज्जि उडाउदै ढल निकास नारायणी नदि वनाउदै गर्दा आसपासमा वसनेवास गरिरहेका आम नागरिक प्रत्येक्ष प्रभावित छन् , माटाको ऊर्वरा शक्ति ह्रास त छदै छ , सिसाका टुत्राहरु समेत खेतमा आउने गर्छ ।

अल्पसंख्यक माझी , मुसहर र वोटे समुदाय , थोरै सङ्ख्यामा थारु , कुमाल र मगर समुदायका दाजुभाइ , दिदि वहिनिहरु आजको दिन सम्म पनि नदिमा नै आश्रित छन् , अझ भनौ कि उनिहरुको चुलो नै वल्दैन । यो समुहले जाल खेल्ने निहुमा गोहिका बाँस स्थानहरु विस्थापित गरेका छन् । कति लाई वैकल्पिक पेशामा जोड्ने प्रयास त भएको छ , तर पनि सफलता भने मिलेको छैन । सिविएपियुले खवरदारि गर्ने हो , पैरवि गर्ने हो , नियमनकारि संस्था संग साझेदारि त्यसो भएको हुनाले हामीले जनावर र मानव विचको द्वन्द्व न्युनिकरणका लागि पुलको काम गरिरहेका छौं । हामिकहा तियारि जाल (करेन्ट जाल ) वगाइ माछा मार्ने न्यून संख्यामा छन् , छिटपुट माछा पनि मार्छन ।

१ र २ पटक निकुञ्जका कर्मचारीको सामान्य कार्वाहिमा समेत परेका छन् । कोर ईलाकामा गएर माछा मारेको अभियोगमा एकजना माझिको डुङगा पक्राउ पर्यो , राजनैतिक दवावका कारण डुङगा छुट्यो । करेन्ट लगाई माछा मारेको अभियोगमा ५ जना पक्राउ परे , भोलि पल्ट घरमा आए , फितलो राज्यका कानुन कै कारण हामी संरक्षण अभियान्ताहरु चिन्ताजनक अवस्थामा छौ ।

जल मात्रै होईन थलका जनावर हरु पनि संकटमा छन् । जलवायूको परिवर्तन , मानविय चाप र राजनैतिक भागवन्डा तथा राजनैतिक संरक्षणले वनेका वनका पदाधिकारि , वन समिति यसका कारक हुन सक्छन् ।

विरालोको घाटिमा कसले घण्टी वाध्ने भनेजस्तै यी यावत विषयमा कहिले को वोल्ने स्थानिय निकाय, मध्यवर्ती समिति या अरु कोहि । यश अभियानमा लाग्न सदैव प्रेरणा दिने मेरो घर परिवार , हौसला दिने समिति र साथ दिने सहकर्मी सहयात्रि साथिहरु सवैमा नमन् । संरक्षण र यहाका मानिसहरूको दिगो व्यवस्थापनमा मेरो कलम र कदम निरन्तर चलिरहन्छ ।

जय संरक्षण ।

(लेखक शिसवार मध्यवर्ति उपभोक्ता समिति अर्न्तगतको समुदायमा आधारित चोरि सिकार नियन्त्रणमा युवा जागरण अभियानको अध्यक्ष हुन ।)

प्रकाशित : २०७७ फागुन ३ गते ११:५१
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI