कांग्रेसको विरोधसभामै नेकपा ओली समूहको आक्रमण, एनपी साउदलगायत ७ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ४ गते १७:१८
कांग्रेसको विरोधसभामै नेकपा ओली समूहको आक्रमण, एनपी साउदलगायत ७ जना घाइते

काठमाडौं । बैतडीको दोगडाकेदारमा नेपाली कांग्रेसको विरोधसभामा नेकपा केपी ओली समूहले आक्रमण गरेको छ । सभा चलिरहेकै समयमा माइकसहित हुल बाँधेर आएका नेकपाका अध्यक्ष सुरेन्द्र पाल नेतृत्वको हुलले आक्रमण गर्दा मञ्चमा रहेका कांग्रेस नेता एनपी साउदसहित सातजना घाइते भएका छन् ।

पाल नेतृत्वको ओली समूह र वर्तमान सरकारविरुद्ध बोल्नेलाई निषेध गर्ने घोषणा गरेको थियो । लगत्तै आक्रमण गर्दा नेपाली कांग्रेसको सभा नै प्रभावित भएको थियो । करिब दुई घण्टामा प्रहरी पुगेर सुरक्षा दिएपछि कांग्रेसले सभा पुन: सञ्चालन गरेको कांग्रेसका युवा नेता नैनसिंह महरले जानकारी दिए ।

प्रकाशित : २०७७ फागुन ४ गते १७:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI