हुप्सेकोटका वडा अध्यक्ष कानुङको मृत्यु : शोकमा आज गाउँपालिका बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ५ गते ८:१३
हुप्सेकोटका वडा अध्यक्ष कानुङको मृत्यु : शोकमा आज गाउँपालिका बन्द

पूर्वी नवलपरसीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर कानुङको आज विहान निधन भएको छ । ४५ वर्षिय कानुङको आज विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले जानकारी  दिईन ।
हिजो खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनि विहान पिसाव फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए । वेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केहिबेरमै मृत घोषणा गरेको थियो ।
गाउँपालिका वडा नं. १ जुगेपानी घर भएका उनको मृत्युको शोकमा आज गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयहरु बन्द गरिने भएको छ ।
अधयक्ष लक्ष्मीदेवि पाण्डेले वडा अधयक्ष कानुङको मृत्युले गाउँपालिकालाई ठुलो क्षति पुुगेको बताउनु भयो । मृतक कानुङको शवलाई अन्तिम श्रद्धान्जलीको लागि विहान १० वजेपछि गाउँपालिका कार्यालय परिसरमा राखिने छ । उनको आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : २०७७ फागुन ५ गते ८:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI