सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार भोलि वितरण गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ६ गते १६:२१
सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार भोलि वितरण गरिने

कावासोती । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार शुक्रबार ( भोलि ) वितरण गरिने भएको छ ।

यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई वितरण गरिने नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले बताए ।

यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनौट भएका पत्रकार पोख्रेलले २०५० सालदेखि पत्रकारिता सुरु गरेका थिए । २०५३ सालमा प्रेस युनियन दाङको सस्थापक सचिब भएका पोख्रेल ०५६ सालमा पत्रकार महासंघ दाङको उपाध्यक्ष,२०५९ सालमा नेपाल पत्रकार महासङको केन्द्रिय उपाध्यक्ष, २०६३ सालमा प्रेस काउन्सिलको सदस्य हुँदै हाल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष पदमा रहेर काम गरिरहेका छ्न ।

श्रमजिबी पत्रकारको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएका पोख्रेलले विभिन्न सन्चार गृहमा आबद्ध रहेर आफ्नो पत्रकारिता कर्मलाई अगाडी बढाउदै आएका छ्न । वरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसि, रामजी दाहाल लगाएतका वरिष्ठ पत्रकारहरुलाई प्रदान गरिएको यो पुरस्कर गत वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो ।

मनकामना आमा समुह कावासोती-८को सभाहलमा नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको सभापति पराजुलीले बताए । पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय नेताहरु एवं नेपाली काङ्ग्रेसका केन्द्र प्रदेश तथा जिल्ला स्तरका नेताहरुको उपस्थिति रहने पराजुलीले जानकारी दिएका छन ।                प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गरेका थिए ।

 

प्रकाशित : २०७७ फागुन ६ गते १६:२१
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI