आईपीएलमा बिकेनन् सन्दीप

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ६ गते १८:१०
आईपीएलमा बिकेनन् सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको मिनी अक्सनमा कुनै पनि टोलीले ‘बोली’ लगाएनन् ।

चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत तीन सिजनको सम्झौतामा टिममा भित्र्याएको थियो ।

उनलाई दिल्लीले यो सिजन रिलिज गरेको हो । आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

प्रकाशित : २०७७ फागुन ६ गते १८:१०
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI