समुदायमा कृषि तालिम

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ७ गते २१:४०
समुदायमा कृषि तालिम

देवचुलि । देवचुलि नगरपालिकाकाे वडा नं १ , राम मन्दिरमा आज एक कार्यक्रमका विच कृषिमा क्षमता अभिवृद्धि तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

देवचुलि नगरपालिकामा अवस्थित दिव्यपुरी युवा उद्यमि सहकारी संस्था लिमिटेडकाे आयाेजना तथा देवचुलि नगरपालिका वडा नं १ काे आर्थिक सहयाेगमा तालिम सञ्चालन भएकाे हाे ।

तालिमकाे पहिलाे सत्रमा वडा अध्यक्ष लक्ष्मणराज भण्डारीले प्रारम्भिक चरणकाे तालिम भएकाे र अवकाे दाेस्राे चरणमा अगुवा किसानहरुकाे लागि सहयाेग हुने नयाँ याेजनाहरु ल्याउने , कृषिमा यान्त्रिकिकरण गरि धेरै प्रतिफल लिनका लागि यस्ता खालका तालिम कार्यक्रमहरु फलदायि हुने वताउनुभयाे ।

तालिममा सहजिकरण देवचुलि नगरपालिका कृषि शाखाका सरस्वति ढकालले गर्नुहुदै हिउदे तरकारि र त्यसलाई लगाउने तथा व्यवस्थापन गर्ने पद्दतिहरु सिकाउनु भएको थियाे ।

तालिमकाे स्वागत मन्तव्य सहकारि संस्थाका उपाध्यक्ष सुन्दर पाण्डेले गर्नुभएको थियाे भने सभापति सहकारिका अध्यक्ष केशव भण्डारीकाे रहेकाे थियाे ।

तालिममा सहभागी सवैलाई हिउदे तरकारिका बिउहरु प्रदान गरिएको थियाे।

प्रकाशित : २०७७ फागुन ७ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI