No ads found for this position

चौतर्फी दबाबमा निर्वाचन आयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते ८:१४
No ads found for this position
चौतर्फी दबाबमा निर्वाचन आयोग
No ads found for this position

काठमाडाैँ, ९ फाल्गुन । निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।

प्रतिनिधिसभाको विघटन गरी आउँदो वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरिएसँगै मुलुकको राजनीति त्यसको पक्ष र विपक्षमा विभाजित छन् । यसै आधारमा आयोगको भुमिकामाथि प्रश्न उठाउन थालिएको हो । त्यसमाथि निर्वाचनअघि नै नेकपाको आधिकारिताको विवाद टुंग्याउनुपर्ने मुख्य जिम्मेवारी रहेको छ । यसले गर्दा पनि विशेषतः नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव पक्ष शुरूदेखि सशंकित देखिएका थिए । यसले गर्दा आयोग चारैतिरबाट तीव्र दबाबमा पर्दै गएको छ ।

आयोगले निर्वाचनको तयारी नगरेकोमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि दबाबपुर्ण अभिव्यक्ति दिनुभएको थियो । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलन गरिरहेको दल नेपाली कांग्रेसका सभापति देउवा भने निर्वाचनप्रति सकारात्मक नै हुनुहुन्छ । प्रतिनिधिसभा विघटन विषयमा सर्वोच्च अदालतको फैसला पर्खिनुपर्ने तर्क गर्दै आएका सभापति देउवाले भैरहवामा आयोजित सभामा देउवाले भन्नुभएको थियो– ‘किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ ।’ याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित : २०७७ फागुन ९ गते ८:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI