No ads found for this position

प्रदेश १ काे प्रदेशसभा बैठक आज, तर सत्ता पक्षले नै अवराेध गर्ने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते १०:३५
No ads found for this position
प्रदेश १ काे प्रदेशसभा बैठक आज, तर सत्ता पक्षले नै अवराेध गर्ने तयारी
No ads found for this position

विराटनगर, ९ फागुन । पटकपटक अवरूद्ध हुँदै आएकाे प्रदेश- १ को प्रदेशसभा बैठक आज बस्ने भएकाे छ । तर मुख्यमन्त्रीमाथि अविश्वास प्रस्ताव लाग्ने डरले सरकार पक्षका सांसदले नै बैठक अवरोध गर्ने भएका छन् ।

प्रदेश १ को हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । तर बैठकमा नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गर्ने तयारी रहेकाे र त्यसलाइ छल्न सत्तारुढ नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेकाे बुझिउकाे छ ।

 

यसअघि गत माघ २५ गतेको बैठकमा पनि अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेकाले बैठक स्थगति भएकाे थियाे । प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावलाई प्रक्रियामा लैजानुभन्दा सत्ता पक्षका सांसदले बैठक नै गरेर अल्झाइराख्ने रणनीति लिएका छन् । यसले गर्दा आजकाे बैठक पनि स्थगित हुने वा तनावपूर्ण हुन सक्ने देखिएकाे छ ।

प्रकाशित : २०७७ फागुन ९ गते १०:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI