बर्ड फ्लु : फैलनुअघि सचेत बनौं

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते ११:१२
बर्ड फ्लु : फैलनुअघि सचेत बनौं

डा.प्रकाश बुढाथोकी । कोभिड– १९ को असर सेलाउन नपाउँदै अर्थात् लथालिंग भएर विस्तारै लय समाउँदै गर्दा बर्ड फ्लु संक्रमण नेपालमा भित्रिएको छ। ह्याचरी व्यवसाय त्राहिमाम छन्। मानव स्वास्थ्यमा जोखिम उत्पन्न छ। असर किसानको खोर, गोठदेखि हरेक उपभोक्ताको भान्सासम्म पर्दै छ। २०७७ माघ १६ गते काठमाडौं तारेकेस्वर– ७, साङ्लेखोला, फुटुङका किसानले पालेका हा“स तथा टर्कीमा रियल टाइम पीसीआर विधिबाट बर्ड फ्लु देखिएको थियो; जहा“ पुनः माघ २८ मा देखिएको छ।

त्यसो त भारतका उत्तरप्रदेश, राजस्थानलगायत नौभन्दा बढी राज्यमा एभियन इन्फ्लुएन्जा फैलिँदा खुला सीमा र चोरीपैठारीले संक्रमणको जोखिमलाई ख्याल गर्दै नेपाल सरकारले रोग भित्रिन नदिन पन्छी र पन्छीजन्य वस्तु आयातमा रोक र उच्च सर्तकता अपनाए पनि व्यावहारिक रूपमा हुन नसकेको विभिन्न नाकामा महसुस गरिन्छ।

नेपालमा पहिलोपटक सन् २००९ मा घरेलु पक्षीमा र सन् २०१९ मा मानिसमा बर्डफ्लु देखिएको हो। यसअघि देखा परेको बर्डफ्लुले काभ्रेका २१ वर्षीय युवकको २०७५ चैत १० गते मृत्यु भएको थियो। ८० अर्ब बढीको लगानी रहेको पोल्ट्री ब्यवसायले ग्राहस्थ उत्पादनमा ४ प्रतिशतको योगदान छ भने डेढलाख बढीले प्रत्यक्ष रोजगारी पाएका छन।बिश्व स्वास्थ्य संगठनका अनुसार प्रयोगशाला प्रमाणित एभियन इन्फ्लुएन्जाले विश्वका १८ वटा मुलुकमा सन् २०२० सम्ममा ८६२ संक्रमण र ४५५ मृत्यु भएको छ।

बर्ड फ्लु

बर्ड फ्लु खासगरी कुखुरा, हा“स, परेवा, टर्कीजस्ता घरपालुवा, चराचुरुंगी तथा जंगली चराचुरुंगीमा टाइप ए’ एन्फ्लुएन्जा अर्थोमिक्सो भाइरस विषाणुद्वारा लाग्ने श्वासप्रश्वासजन्य जुनोटिक सरुवा रोग हो। कहिलेकहीं सुंगुर, बंगुर, घोडा, सिल, ह्वेल, गधा, खच्चर र मानिसमा पनि लाग्ने गर्छ। चरामा अति घातक र कम घातक गरी १५ किसिमका इन्फ्लुइन्जा भाइरस विचरण गरिरहेका हुन्छन्। कुनैले लक्षण देखाउन नसक्ने तथा धेरैले साधारण लक्षण देखाउन सक्छन्। चराचुरुंगीमा यो रोग पहिलोपटक सन् १८७८ र मानिसमा सन् १९९७ हङकङमा पहिचान भएको थियो।

कसरी सर्छ ?

बिरामी कुखुरा वा चराले विषाणुलाई विष्टा, ¥याल म्युकसमार्फत छाडेकोसँग संसर्ग हुँदा प्रदूषित भाडा, आहारा, माटो, सुली वा मिसिएको खाना खाँदा, हावाको माध्यमबाट, फोहार जुत्ताका माध्यमबाट अन्य कुखुरामा सर्छ। रोगी कुखुराको चर्केको फुलबाट पनि सर्न सक्छ। कुखुरा ओसारपसार गर्ने क्रममा जैविक सुरक्षाको उचित व्यवस्था नभएमा तथा प्रवासी पक्षीका आन्द्रामा प्राकृतिक रूपमै रहेका विषाणुबाट सर्छ। प्रवासी पन्छीमा बर्डफ्लु भाइरस आन्द्रामा रहे पनि बलियो प्रतिरोधात्मक शक्तिका कारण लक्षण देखिँदैन तर मासु, परिकार बनाउ“दा, काँचै खा“दा सर्न सक्ने सम्भावना रहन्छ।

जहाँसम्म कुखुराबाट मानिसमा रोग लागेका फार्ममा काम गर्ने मानिस, उपचार गर्ने तथा खोप लगाउने प्राविधिकलाई संक्रमित जिउँदो र मरेका कुखुरा तथा चराचुरुंगीको प्रत्यक्ष सम्पर्क (हातबाट), सिँगान, दिसा, थुक, ¥याल, सुली तथा मासु अन्डाजस्ता परोक्ष र वातावरणीय स्रोतबाट सर्न सक्छ। रोग पन्छीपन्छीबीच, पशु–पशुबीच छिटै सर्न सक्ने भए पनि मानिसमा सर्न केही समय लाग्ने गर्छ। रोगीबाट स्वस्थ मानिसमा आपसमा लसपस, जुठो खानेकुरा खाएमा, सँगै सुतेमा, रोगीका लुगा ओछ्यान प्रयोग गरेमा, भीडभाडमा हिँडेमा रोग महामारीका रूपमा फैलन सक्छ। त्यसकारण टेबलमा बसी तयारी खानेलाई कुनै जोखिम छैन र जोखिम छ त तयार पार्नेलाई मात्र।

लक्षण कस्ता

 

चराचुरुंगीमा मन्ददेखि गम्भीर लक्षण देखा पर्छन्। कुखुरामा बर्ड फ्लु लाग्दा अकस्मात धेरै कुखुरा मर्नु, ज्वरो आउनु, झोक्राउनु, दाना नखाने, तिर्खाउने, सेतो छेर्ने, अन्डा उत्पादन कम वा बन्द हुनु, दुब्लाउनु, स्वा“स्वा“ तथा छिःछिः गर्नु, सास फेर्न गाह्रो हुने, घा“टी बटारिने र स्नायु प्रणालीमा समेत असर पर्छ। घातक रूपमा रोग पैmलियो भने हरियो छेर्ने, टाउको, सिउँर, आँखाको लोती सुन्निने, ठाउ“ठाउँमा नीलडाम हुने, वैजनी रातो धब्बा हुने, खुट्टाका जोर्नी रातो भई सुन्निने गर्छ। रोगको लक्षण फवल कलेरा र रानीखेतस“ग मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणको परिणाम नै अन्तिम हुन्छ।

मानिसमा संक्रमणको १८–७२ घन्टामा सामान्य रुघाखोकीका लक्षण देखिन्छ। मुख्य लक्षणमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने, जिउ दुख्ने, चल्न मन नलाग्ने, कमजोरी महसुस हुने, थकाइ लाग्ने, टाउको र घा“टी दुख्ने, घाँटी बस्ने, मांसपेसी  दुख्ने, कसैलाई पातलो दिसा तारन्तार लाग्ने, बान्ता गर्ने, आ“ँखा पाक्ने, चा“ँडो सास फेर्नु, सास फेर्न गाह्रो हुन्छ। नाकबाट पानी अबिरल बगिरहने तर रुघाखोकीमा जस्तै सिँगान बग्दैन। त्यस्तै मुटु, कलेजो तथा मस्तिष्कको संक्रमण भई क्रमशः मायो कार्डाइटिस, हेपाटाइटिस, मेनेन्जाइटिस र इन्सेफलाइटिसका लक्षण देखा पर्छन्। रिँगटा लाग्ने, मिर्गौलामा क्षति, बेहोस हुने र फोक्सोमा असर पर्न गई निमोनिया भएर अन्त्यमा मृत्यु हुने गर्छ। बर्ड फ्लुले शरीरमा आक्रमण गरेको ४८ घन्टाभित्र मानिस मर्न सक्ने भएकाले यसलाई डरलाग्दो रोगका रूपमा लिइन्छ।

मासु र अन्डा ?

कुखुराको मासु तथा अन्डामा वर्ड फ्लु रोगका विषाणु पाइने भए पनि नेपालमा प्रायः मासु पकाएर अझ प्रेसर कुकरमा पकाउने भएकाले तापक्रम सयभन्दा माथि पुग्छ र अन्डा पकाउँदा भित्री तापक्रम ७०० पुग्छ। यसरी पकाउँदा विषाणु जीवित रहन सक्दैनन् र विषाणु नभएको मासु खाएर रोग सर्ने र लाग्ने सम्भावना रहँदैन। तर जिउँदो पक्षी चलाउँदा, ओसारपसार गर्दा, काटमार गर्दा सुरक्षा सावधानी अपनाउनै पर्छ। केही स्थान जातिविशेषमा काँचो, आधा पाकेको मासु र अन्डा खाने चलनलाई भने बन्द गर्नुपर्छ।

 व्यवस्थापन

सन् १९९७ यता २२ अर्ब पक्षी तथा दुई सय अर्ब डलर क्षति गराइसकेको बर्ड फ्लुको कुनै रामवाण उपचार नभए पनि राम्रो रेखदेख, खोर र फार्ममा निसंक्रमण, आवश्यक पोषकतत्वयुक्त दाना, ब्रोड एन्टिबायोटिकद्वारा केही हदसम्म कुखुरा बचाउन सकिन्छ। मानिसमा भने कम्तीमा एक साता छुट्टै राखी लक्षणअनुसार सहयोगात्मक उपचार गर्नुपर्छ। एमान्टीडीन हाइड्रोक्लोराइड, रिमान्टिडिन, झानीमिभिर, ओसेल्ट्रामिभिर र केपी फ्लु, टेमिफ्लु प्रयोग गरी मृत्युदर कम गर्न सकिन्छ।

शंकास्पद कुखुराको दानापानी, सुली, मासु तथा अन्डा छँुदा सुरक्षित पोसाक तथा उपकरण प्रयोग गर्ने र छोएमा हात धुनुपर्छ। कुखुरा झोक्राएमा वा रोगको शंका लागेमा तुरुन्त सम्बन्धित निकायमा खबर गर्नुपर्छ। संक्रमणकालीन कार्ययोजना, उच्च जोखिम र जोखिम क्षेत्रमा सम्भावित संक्रमणबाट बचाउन रणनीति, १५ वर्षमुनिका बालबालिकालाई खोप, जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य शिक्षा सम्प्रेषण गर्नुपर्छ। कुखुरा फार्म, ह्याचरीमा जैविक सुरक्षा तथा व्यक्तिगत सरसफाइको व्यवस्था, ७० डिग्री सेन्टिगे्रडभन्दा बढी तापक्रममा खाना पकाएर खानु नै यसको रोकथाम हो।

अन्त्यमा लोककल्याणकारी राज्यमा उपभोक्तावादलाई सर्वोत्तम अधिकार तथा मानवअधिकार मान्ने गरिन्छ। उपभोक्तावादलाई बढावा दिन उपभोक्ता संरक्षण ऐन २०५४, नियमावली २०५६, खाद्य ऐन २०२३, पशु बधशाला तथा मासु जा“च ऐन २०५५, पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, नियमावली २०५६ अनगिन्ती ऐन, नियमावली र निर्देशिकाको निर्माणले उपभोक्तावादलाई कानुनतः संरक्षण गरिएको कागजमा देखिन्छ, तर व्यवहारमा कहिले ?-अन्नपूर्ण पोस्ट बाट

प्रकाशित : २०७७ फागुन ९ गते ११:१२
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI