गत जेठमा यसरी भिडेका रहेछन् चिनियाँ र भारतीय सैनिक (भिडियो)

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते १२:३८
गत जेठमा यसरी भिडेका रहेछन् चिनियाँ र भारतीय सैनिक (भिडियो)

चिनियाँ सञ्चारमाध्यमले भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा गत जेठ/असारमा भएको हिंस्रक भिडन्तको भिडियो सार्वजनिक गरेका छन् ।

घटनामा २० जना भारतीय सैनिक तथा चारजना चिनियाँ सैनिकको मृत्यु भएको थियो ।

पहिले सार्वजनिक नगरिएका भिडियोहरूलाई चिनियाँ सरकारी सञ्चारमाध्यमले शनिवार सार्वजनिक गरेका हुन् ।

भिडियोमा भारी संख्यामा भारतीय सैनिकहरू निकै कम चिनियाँहरूतर्फ अघि बढिरहेको र नदी तरिरहेको देखिन्छ ।

भारतीय सैनिकहरूले दंगा प्रहरीले लगाउने हेल्मेट र ढाल बोकेको अनि ढालमा प्रहरी लेखेको देखिन्छ । उनीहरूले मुंग्रो र फलामका छडहरू पनि बोकेको देखिन्छ ।

चिनियाँहरूका पनि अतिरिक्त बल थिए । सैनिकको समूहले दंगा प्रहरीको जस्तो वस्त्र लगाएर निहत्था साथीहरूलाई सहायता गर्न आएका थिए ।

चीन र भारतबीच वास्तविक नियन्त्रण रेखा नजिक बन्दूक उपयोग गर्न नपाइने सहमति बनेको छ । त्यसैले उनीहरू सामान्य हतियार लिएर भिडेका हुन् ।

एउटा भिडियोमा चिनियाँ सैनिकहरूले तनाव बढ्नुमा भारतीय सैनिकहरू दोषी रहेको बताएको सुनिन्छ । भारतीयहरूले सीमापारि टेन्ट लगेको दाबी चिनियाँहरूले गरेको सुनिन्छ ।
फूटेज मादुई सैनिकबीच रातको समयमा व्यापक भिडन्त भएको देखिन्छ तर भिडियो क्वालिटी राम्रो छैन । एक चिनियाँ सैनिकको टाउकोबाट रगत आएको र उपचार पाएको देखिन्छ ।

चिनियाँ सेनाले आठ महिना लामो मौन तोड्दै घटनामा आफ्ना चारजना सैनिक मारिएको बतायो । भारततर्फ २० सैनिकले ज्यान गुमाएका थिए ।

प्रकाशित : २०७७ फागुन ९ गते १२:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI