स्वास्थ्य बीमा कार्यक्रमप्रती नवलपरासी(वर्दघाट सुस्ता पुर्व)का सबै राजनैतिक दलको चासो।

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन ९ गते १९:४९
स्वास्थ्य बीमा कार्यक्रमप्रती नवलपरासी(वर्दघाट सुस्ता पुर्व)का सबै राजनैतिक दलको चासो।

होमनाथ पौडेल। कावासोती
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमलाई नवलपरासी (वर्दघाट सुस्त पुर्व) मा अस्तित्वमा रहेका सबै राजनैतिक दलले प्रतिष्ठाको रुपमा लिएका छन्। नागरिकको स्वास्थ्य सबै राजनैतिक दलको चिन्ता र जिम्मेवारीको विषय रहेकाले आ-आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्ने एक कार्यक्रमकाबीच जनप्रतिनिधि एवं नेताहरुले उद्घोष गरेका छन्।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नवलपरासी (वर्दघाट सुस्ता पुर्व) मा आइतबार सम्पन्न स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) लगाएतका दलका प्रतिनिधिले सो कुरा व्यक्त गरेका हुन्। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको अध्यक्षता तथा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा निवर्तमान सांसद तिलक महतलाई नवलपरासी ( वर्दघाट सुस्ता पूर्व) जिल्लाको पहिलो स्वास्थ्य बीमाको विमितकोरुपमा बीमा कार्ड दिइएको थियो। उहाँबाहेक स्थानीय केही जेष्ठ नागरिकहरु, गण्डकी प्रदेशका सांसद रोशन गाहा, प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसकी नेतृ ओमकला गौतम, देवचुली नगरपालिकाका नगरप्रमुख पुर्णकुमार श्रेष्ठसँगै कावासोती, गैँडाकोट लगाएत उपस्थित नगरपालिकाका नगरप्रमुख, गाउँपालिकाका प्रमुखहरुलाई पनि बीमा कार्ड दिइएको थियो।

नवलपुरका जनताले अब बीमा कार्यक्रममा सहभागी भएपछि प्रती एकाइ ( ५ जनाको) परिवारले वार्षिक ३५००/- रुपैयाँ तिरेपछि एक लाख रुपैयाँसम्मको औसधिउपचार नि:शुल्क पाउने छन्। स्वास्थ्य बीमा कार्यक्रम योगदानमा आधारित नाफानोक्सानमा केन्द्रित नरहेको एक सेवामुखी कार्यक्रम हो। अती गरिब परिवार, ७० बर्ष माथिका जेष्ठ नागरिक, एच.आइ.भी. संक्रमित सदस्य रहेको परिवार, एम.डि.आर. क्षयरोगी, कुष्ठरोग, अती अशक्त अपाङ्गता व्यक्ती रहेको परिवारको स्वास्थ्य बीमा नि:शुल्क हुनेछ भने महिला स्वास्थ्य स्वयंसेवीकाको परिवारले योगदान रकमको ५० प्रतिशत मात्रै रकम तिरेर स्वास्थ्य बीमा गर्न सक्नेछन्।

प्रकाशित : २०७७ फागुन ९ गते १९:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI