No ads found for this position

निर्वाचन प्रक्रिया स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १२ गते १५:५४
No ads found for this position
निर्वाचन प्रक्रिया स्थगित
No ads found for this position

काठमाडौँ ।  प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन आयोगले वैशाखका लागि तय गरिएको निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै तोकिएको मितिमा निर्वाचन नहुने पक्का भएको बताए । उनले चुनावसम्बन्धी सबै प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिए ।

निर्वाचनको सामान्य तयारी भइरहेको भए पनि महत्त्वपूर्ण कामहरू आयोगले अघि बढाएको थिएन । निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक ठुलो कुनै पनि खर्च नगरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

निर्वाचन आयोगले सरकारले घोषणा गरेको १७ र २७ वैशाखका लागि तय निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको थियो भने मतदान स्थल पुनरावलोकनको काम सकेको थियो ।

अदालतले संसद विघटनका विषयमा के निर्णय लिन्छ भन्ने कुरेर बसेको आयोगलाई अदालतले पुनर्स्थापनाको निर्णय गरेसँगै नेकपाको विवाद समाधान जसरी पनि गर्नु पर्ने तत्कालको सकस समेत टरेको छ ।

प्रकाशित : २०७७ फागुन १२ गते १५:५४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI