प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो : देउवा

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १२ गते १७:२३
प्रधानमन्त्री ओलीले राजीनामा दिँदा राम्रो : देउवा
g]sf ;efklt b]pjf–;Daf]wg g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf sf7df8f}Fdf a'waf/ cfof]lht /fli6«o hfu/0f cleofgnfO{ ;Daf]wg ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् ।  महेन्द्रनारायण निधिको ९९ औ जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिँदा राम्रो हुने बताए ।

‘अदालतले संसद पुनर्स्थापना गरिसकेको छ, सब भन्दा खुसीको कुरा संसद बाँचेको छ, अब प्रधानमन्त्रीबाट ओलीजीले राजीनामा दिँदा राम्रो हुन्छ, हुन त यो उहाँको पार्टीको कुरा हो,’ देउवाले भने ।

देउवाले ओली सामु अब संसद्मा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुई वटा विकल्प रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने उनले बताए ।

उनले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनर्स्थापना दुवै स्विकार्ने बताएकोमा अन्यथा नलिनसमेत  सबैमा आग्रह गरे । देउवाले काँग्रेस विगत देखि नै प्रजातन्त्रको रक्षामा उभिदैं आएको र उभिनेसमेत प्रस्ट पारे ।

‘सर्वोच्चले स्टे अर्डर देला भन्ने थियो, नदिएपछि पुनर्स्थापना वा निर्वाचन जे भए पनि मान्छौँ भनेको हुँ,’ देउवाको स्पष्टोक्ति थियो । तर पनि पार्टीले सुरुबाट नै संसद विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको देउवाले आफ्नो सम्बोधनका क्रममा भनेका हुन् ।

प्रकाशित : २०७७ फागुन १२ गते १७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI