तोरीबारीबाट ३१ हजार नगद सहित १० जना जुवाडे समातिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १२ गते १८:३६
तोरीबारीबाट ३१ हजार नगद सहित १० जना जुवाडे समातिए

कावासोती । पूर्वी नवलपरासीको हुप्सेकोटबाट १० जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हुप्सेकोट गाउँपालिका १ बेलुवामा सोनु नेपालीको घर पछाडि तोरी बारीमा जुवातास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले बुधबार १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए ।

प्रहरीले उनीहरुको साथबाट ३१ हजार ५ सय १४ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा १९ बर्षदेखि ५० बर्ष उमेर समूहका रहेका छन् ।

हुप्सेकोट-१ का इन्द्र थापा, लिलबहादुर गुरुङ, चुराबहादुर सेर्बुजा, होमराज थापा, विनोद गुरुङ, मनोज तामाङ्ग, विशाल सुनार, कोसबहादुर महतो र सुमन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित : २०७७ फागुन १२ गते १८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI