प्रधानमन्त्री ओली समुहमा असन्तुष्ट चार नेताहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १३ गते १०:२३
प्रधानमन्त्री ओली समुहमा असन्तुष्ट चार नेताहरु

काठमाडौ । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसंग उनी निकट नेताहरु असन्तुष्ट बनेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री ओलीका निर्णय र कार्यशैली प्रति असन्तुष्ट देखिएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेल ओलीसँग निकट देखिन खोजेपनि उनीसँगको विश्वास कमजोर बन्दै गएको बुझिएको छ। आफ्नो चाहनाअनुसार ओलीले पार्टीमा आफ्नो उत्तराधिकारी नबनाएको र रक्षामन्त्री खोसिदिएकोमा पोखरेलको ओलीसँग चित्त दुखाई छ। र, पछिल्लो पटक उनीहरुबीचको सम्बन्ध अझै टाढा भएको ओली र पोखरेललाई नजिकबाट नियालिरहेका एक स्थायी कमिटि सदस्यले बताए । उनीहरु प्रचण्ड खेमामा प्रवेश गर्लान्रु सर्वोच्चको संसद पुनःस्थापनाको फैसलाले उनलाई प्रचण्ड खेमामा जान बल पुगेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
प्रधानमन्त्री ओलीका बफादार मानिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद पुनःस्थापित भएमा प्रधानमन्त्री र आफूहरु नैतिकताका आधारमा पदमा बस्न नमिल्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । तर प्रधानमन्त्री ओलीले उनलाई बालुवाटार बोलाएर राजीनामाबारे बोल्न किन हतार गरेको भनेर हप्काएको पछि मन्त्री ज्ञावलीले प्रधामन्त्री ओलीलाई जवाफ र्फकाएर बालुवाटार निस्केका थिए । स्रोतका अनुसार बुधबार ओली पक्षीय नेकपा स्थायी कमिटी बैठक सकिएलगत्तै पत्रकारहरुसंग प्रधानमन्त्री ओलीको राजीनामाको मामिला टुंगो नलागिसकेको भनेर टारेका थिए ।

स्थायी कमिटी सदस्य किरण गुरुङ
किरण गुरुङ पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका भनेर चिनिन्छन्। उनी पूर्व एमालेको नवौँ महाधिवेशनमा खुलेरै ओलीको पक्षमा उत्रिएका थिए। पार्टीमा पटक–पटक विवाद उत्पन्न हुँदा उनी ओलीकै बचाउमा उत्रिन्थे। पछिल्लो पटक संसद विघटकै पक्षमा थिए । तर सर्बोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला आएपछि उनको मान्यता र अभिव्यक्ति एकाएक बद्लिएको छ। पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमा र अन्य प्रतिपक्षी दलहरुकै शैलीमा उनले पनि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिँदा आगामी राजनीतिक बाटो सहज हुने मान्यता अघि सारेका छन्। बुधबार बिहान बालुवाटारमा ओली पक्षको स्थायी कमिटी बैठकमा समेत गुरुङ अनुपस्थित रहे ।
स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा
प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने पक्षमा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा पनि रहेका छन् । यसबारे खुलेर कुरा गर्न नचाहेका नेता विश्वकर्माले अब ओली पदमा रहिरहँदा नेकपा एकताको सम्भावना पनि टुट्ने बताएका छन् । उनले आफू विचारको पक्षमा रहेको स्पष्ट पारे।

प्रकाशित : २०७७ फागुन १३ गते १०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI