जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रचण्ड-नेपालको प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १३ गते १२:४०
जसपालाई सहकार्य गरेर अगाडि बढ्न प्रचण्ड-नेपालको प्रस्ताव

काठमाडौंं, १३ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालका नेताहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरधर शक्ति सहकार्य गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपाका अध्यक्षद्वयले जसपाका नेताहरूसँगको सत्ता सहकार्यको विषयमा यस्तो छलफल गरेका हुन्।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग सहभागी रहेका थिए । अध्यक्षद्वयको प्रस्तावमा जसपाका नेताहरूले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएको बताइएको छ ।

यसअघि बुधबार अध्यक्षद्वयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा छलफल गरिसकेका छन् ।

५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उृत्पन्न राजनीतिक घटनाक्रमबारे अध्यक्षद्वय छलफलका लागि दौडधुपमा रहेका छन् ।

प्रकाशित : २०७७ फागुन १३ गते १२:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI