बजाजको आर.इ बिएस 6 एफ.आइ अटो कावासोतीमा लन्च

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १३ गते १९:१९
बजाजको आर.इ बिएस 6 एफ.आइ अटो कावासोतीमा लन्च

कावासोती । बजाजको आर.इ बिएस 6 एफ.आइ अटो बिहीवार एक कार्यक्रम गरि लन्च गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ का केन्द्रिय सदस्य अमृत भट्टचनको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमका बिच आर.इ बिएस 6 एफ.आइ अटो लन्च गरिएको हो ।

बजाज RE को सफलता पछि ग्राहकवर्गको माग लाई मध्यनजर गर्दै बजाजले ल्याएको नयाँ अटो धेरै पावर इन्जिन , नया लुक्स ग्राफिक डिजाइनमा नेपाल मै पहिलो पटक FI जडित फोर स्टक इन्जिन भएको लन्च कार्यक्रममा जनाईएको थियो ।

शुन्य प्रतिशत फाईनान्सको सुबिधा भएको एवं २ सय ३६ सिसि ,सेल्फ स्टार्ट हुने,17c mm Grand clearance भएको हुदाँ पहाडी बाटोलाई पनि उपयुक्त हुने अटो को बजार मूल्य अतिरिक्त मूल्य बाहेक ५ लाख ६४ हजार ९ सय पर्ने अल व्हिल मोटर्स कावासोतीका प्रबन्ध निर्देशक राजन सुवेदीले जानकारी दिनु भयो ।

प्रकाशित : २०७७ फागुन १३ गते १९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI