नायक पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १४ गते ९:०३
नायक पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी

सुनसरी, १४ फागुन । चर्चित मोडल तथा नायक पल शाहविरुद्ध कुटपिटसम्बन्धी उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

 

उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि आज (शुक्रबार) उपस्थित हुन भनेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शाहविरुद्ध कुटपिटसम्बन्धी एउटा उजुरी बुधबार दर्ता भएको हो ।

म्युजिक भिडियोको सुटिङ गर्न केही दिनअघि धरान आएका शाहको निर्देशनमा उनका सहयोगीले बुधबार साँझ चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानमाथि कुटपिट गरेको आरोप लागेको छ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा पलले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ।

प्रकाशित : २०७७ फागुन १४ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI