कांग्रेस नेता नवीन्द्रराज जोशीको अप्रेसन सकियो : कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १४ गते १२:१७
कांग्रेस नेता नवीन्द्रराज जोशीको अप्रेसन सकियो : कम्तीमा चार दिन अस्पतालमा राख्नुपर्ने
File Photo

काठमाडौं । नोपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको अप्रेसन गरिएको छ । दाजु राजुराज जोशीका अनुसार अप्रेसनपछि उनलाई अहिले आईसीयूमा सारिएको छ ।

डाक्टरले जोशीलाई कम्तीमा चार दिन अस्पतालमै राख्नुपर्ने बताएको राजुराजले जानकारी दिए । बिहीबार अबेर राति एक्कासि बेहोस भएका जोशीलाई शुक्रबार बिहान ५ बजे नै नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

जोशीको मस्तिस्कमा थोरै रगत देखा परेकाले उनको तत्काल अप्रेसन गरिएको हो । चिकित्सकहरुले जोशीको मस्तिस्कघात धेरै जोखिमपूर्ण नभएको बताएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित : २०७७ फागुन १४ गते १२:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI