अमेरिकामा भेटियाे एउटा अनौठो चरा- आधा भाले, आधा पोथी !

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते ७:५९
अमेरिकामा भेटियाे एउटा अनौठो चरा- आधा भाले, आधा पोथी !

एजेन्सी, १४ फागुन । अमेरिकाको पेन्सिल्भेनियामा एक पंक्षीविद्ले अनाैठाे चरा भेट्टाएका छन् । आधा पोथी र आधा भालेजस्तो देखिने उक्त चराको तस्बिर खिचेर उनी अहिले चर्चामा छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पंक्षीविद्ले आफ्नो क्यामरामा चराको तस्बिर कैद गरेका हुन् ।

बिबिसीका अनुसार अवकाशप्राप्त ती पंक्षीविज्ञ जेमी हिलले आफ्नाे जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एक दुर्लभ चराकाे तस्वीर लिन सकेकाे बताए । सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका रहेछन् तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरे ।

चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्डु’ भनिन्छ । हिललाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन । किनभने द्विलिङ्गी वा उभयलिङ्गी चराहरू निकै दुर्लभ हुन्छन् । भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन् । यी दुवै रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ ।

प्रकाशित : २०७७ फागुन १५ गते ७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI