No ads found for this position

पुर्वी नवलपरासीमा दोस्रो चरणको खोप अभियान : ४४ हजारलाई वडामै खोप लगाईने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १५ गते १८:३८
No ads found for this position
पुर्वी नवलपरासीमा दोस्रो चरणको खोप अभियान : ४४ हजारलाई वडामै खोप लगाईने
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २३ गते बाट सुरु हुने भएको छ ।

दोस्रो चरणको खोप अन्तरगत ५५ बर्ष माथि जेष्ठ नागरिक, सार्वजनिक तथा निजि विद्यालयका शिक्षक, प्राध्यापक , सार्वजनिक तथा निजी सवारी चालक तथा सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरु करिब ४४ हजार जनालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशव चापागाईले बताए ।

चापागाईंका अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाका सबै वडामा खोप केन्द्र स्थापना गरेर खोप लगाउने तयारी गरिएको हो । यस अघि जिल्लामा पहिलो चरण अन्तर्गत ३ हजार १ सय ७० जनालाई खोप लगाईएको थियो ।

प्रकाशित : २०७७ फागुन १५ गते १८:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI