गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १६ गते १४:४१
गृहमन्त्रीले हटाए स्वकीय अधिकृत
१६ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

तर, तामाङले बादलसँग बसेर ओली समूहविरुद्ध भूमिका खेलेको आरोप लगाइएको छ ।

प्रकाशित : २०७७ फागुन १६ गते १४:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI