दमौली कारागारमा कैदीबन्दी बीच झडप

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १६ गते २०:३२
दमौली कारागारमा कैदीबन्दी बीच झडप

तनहुँ — जिल्ला कारागारका कैदीबन्दीबीच आइतबार दिउँसो झडप भएको छ ।झडपमा केही कैदीबन्दी घाइते भएको बताइए पनि आधिकारिक विवरण जानकारी गराइएको छैन । कारागारमा के कारणले झडप भएको भन्ने विषयमा जिल्ला कारागारमै सरोकारवाला निकायका प्रमुखहरुबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । ‘हामी अहिले कारागारमै बसी समस्याको समाधानमाथि छलफल गरिरहेका छौं’, उनले भने, ‘आज व्यवस्थापनतर्फ लागेका छौं, पूरा विवरण भोलिमात्र सार्वजनिक गर्ने छौं ।’ स्रोतका अनुसार कारागारमा रहेका लागूऔषध कारोबारी मुद्दाका बन्दी र अर्को समूहबीच झडप भएको र चार जना घाइते भई उपचारका लागि दमौली अस्पताल लगिएको छ -ईकान्तिपुर

प्रकाशित : २०७७ फागुन १६ गते २०:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI