मन्त्रिपरिषद् बैठक : फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १७ गते ११:५१
मन्त्रिपरिषद् बैठक : फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि मिति तय भएको थिएन ।

यही फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो ।

प्रकाशित : २०७७ फागुन १७ गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI