दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठोकिँदा दुईजनाको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १८ गते ६:५८
दुम्कौलीमा दुईवटा  ट्रक एक आपसमा ठोकिँदा दुईजनाको ज्यान गयो

राजु चापागाईं’राज’/कावासोती । पुर्वी नवलपरासीको देवचुली-२ दुम्कौली चोकमा रातको १२ बजेको समयमा दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

पुर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिम बाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएर दुबै ट्रकका चालक मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिकको ज्यान गएको रजहर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सह चालक  बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते रहेको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको   छ ।

मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ फागुन १८ गते ६:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI