सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो प्रकाण्ड नेतृत्वको टोली

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १८ गते १४:३३
सरकारसँग वार्ता गर्न विप्लव समूहले बनायो प्रकाण्ड नेतृत्वको टोली

काठमाडौं, १८ फागुन । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले नेतृत्व गर्नेभएका छन् । सरकार संगको वार्ताका लागि विप्लव समूहले प्रकाण्ड र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ ।

सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने स्रोतले जनाएको छ । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने विप्लव समूहको पहिलो सर्त रहेको स्रोतले जनाएको छ ।

साथै वार्ताका लागी प्रतिबन्ध फुकुवा, वार्ताको औपचारिक पत्र समेत समूहको माग रहेको नेकपा विप्लप समूह स्रोतले जनाएको छ ।

सरकारले आज गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ।

प्रकाशित : २०७७ फागुन १८ गते १४:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI