‘नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउन नसके अन्य नेताहरु पनि नालायक नै हुनेछन्’

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते ९:११
‘नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउन नसके अन्य नेताहरु पनि नालायक नै हुनेछन्’
काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ ।गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।

 

सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर असुरक्षित रहेको भन्ने प्रधानमन्त्री नालायक भएको गुरुङको ठहर छ । ‘सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफुमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न सक्दैन’, बुधबार गुरुङले ट्विटरमा लेख्नु भएको छ ।

यसअघि प्रधानमन्त्रीले पोखरामा भएको एक कार्यक्रममा आफूमाथि सुरक्षा थ्रेट रहेको बताउनु भएको थियो । उहाँले सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण गर्न नहुने बताउनु भयो ।

 

प्रकाशित : २०७७ फागुन १९ गते ९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI