सरकार र विप्लव समूहको टोलीबीचको वार्ता सकियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते ११:४७
सरकार र विप्लव समूहको टोलीबीचको वार्ता सकियो

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीबीचको पहिलो चरणको वार्ता सकिएको छ । उच्च स्रोतका अनुसार आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए ।

विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो । वार्तामा के–के भयो खुलाइएको छैन । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित : २०७७ फागुन १९ गते ११:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI