No ads found for this position

प्रचण्ड–माधव समूहको निर्णय : सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन, तीन दिनभित्र उपनेताबाट राजीनामा दिन निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते १५:१२
No ads found for this position
प्रचण्ड–माधव समूहको निर्णय : सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन, तीन दिनभित्र उपनेताबाट राजीनामा दिन निर्देशन
No ads found for this position

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधान उल्लंघन गरेकोमा नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

उनका अनुसार नेम्वाङलाई तीन दिनभित्र संसदीय दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको छ ।

यस्तै, नेताहरू विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह र सूर्य थापालाई केन्द्रीय कमिटीबाट निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ । भट्टराईलाई सांसदको जिम्मेवारीमा रहन सचेत गराउने निर्णय पनि बैठकले गरेको छ । भट्टराईलाई प्रधानमन्त्री केपी ओलीले केही दिनअघि प्रमुख सचेतकमा नियुक्त गरेका थिए ।

पार्टीको पक्षमा फर्कन सबै नेताहरूलाई आग्रह गर्दै बैठकले विनापूर्वाग्रह जिम्मेवारी दिइने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगले हालसम्म निर्णय नगरेकोमा दुःख व्यक्त गर्दै बैठकले निष्पक्ष र न्यायसंगत निर्णय गर्न अनुरोध गरेको छ । ढिला न्याय अन्याय हो भन्ने स्मरण गराउने चौलागाईंले बताए ।

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतसमेत गरेको छ ।

प्रकाशित : २०७७ फागुन १९ गते १५:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI