सरकारमा जाने विषयमा देउवा र पौडेल बीच सार्वजनिक कार्यक्रममै भनाभन

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते २०:२२
सरकारमा जाने विषयमा देउवा र पौडेल बीच सार्वजनिक कार्यक्रममै भनाभन

चितवन, १९ फागुन । नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच समबन्ध चिसिदै गएको पाईएको छ । चितवनमा भएको एक कार्यक्रममा उनीहरु एक अर्काको आरोप प्रत्यारोपमै उत्रिए ।

पूर्व सांसद एकनाथ रानाभाटको शोक सभामा उपस्थित भएका उनीहरु मध्ये शेरबहादुर देउवा प्रधानमन्त्री बन्न तयार देखिन्थे भने अर्का नेता रामचन्द्र पौडेल कांग्रेस आफ्नै हैसियतमा रहनु पर्ने पक्षमा उभिए ।

 

पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित छ । एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

फागुन ११ गते सर्वोच्च अदालततले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपाका दुवै समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका छन् ।

 

सोही तर्फ ईकित गर्दै बरिष्ठ नेता पौडेलले महत्वाकांक्षा नराखि अहिलेको अवस्थालाई जीवितै राखेर काँंग्रेसले प्रतिपक्षको भूमिकामा नै रहनु पर्ने अडान व्यक्त गरे ।

रामचन्द्र पौडेलले बिपक्षी दलको भूमिका निर्वाह गर्नुपर्ने अडान कार्यक्रममा पटक पटक दोहो¥याइनै रहे । उनले कांग्रेस संसदमा सानो संख्यमा रहेको भएपनि भूमिका र जिम्मेवारी ठूलो रहेको बताए ।

उनले जनताहरुको निराशापनलाई हटाउदै सिद्धान्त प्रति निष्ठा जाहेर गरिरहनुने पर्ने बताए । तर, नेता पौडेलको भनाइ सकिए लगतै सभापति देउवाले आफूले कोही कसैसँग प्रधानमन्त्री पद नमागेको तर अफर आए नछोड्ने बताए ।

उनले यसो भनिरहदाँ नेता रामचन्द्र पौडेललाई सानो चित्त भएको नेता समेत भन्न भ्याए । देउवाले भने पार्टीको आधिकारिकता विवाद पहिला समाधान गर्न प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

कार्यक्रममा उपस्थित कार्यकर्ताहरु समेत नेताद्वयको विवाद देखेर अचम्मित भएका थिए । उनीहरुले सार्वजनिक कार्यक्रममा पनि नेताहरुको एक स्वर आउन नसक्नु दुःखद भएको बताए ।

कार्यक्रममा दिएको अभिव्यक्तिलाई मान्ने हो भने सभापति देउवालाई सरकारमा जान हतार भएको प्रष्ट देखिएको थियो ।

प्रकाशित : २०७७ फागुन १९ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI