नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन १९ गते २२:१०
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

गोविन्द नेपाली/कावासोती ।

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ नवलपुरको प्रथम साधारण सभा तथा अधिबेशन कावासोतीमा सम्पन्न भएको छ ।

अधिबेशनले देवि अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा जमुना काफ्ले , सचिवमा बिशाल महतो , कोषाध्यक्षमा दिल माया थापा , सहसचिवमा ज्ञानु रम्तेल, सदस्यहरुमा गोमा पराजुली , कमल परियार ,इन्द्र माया गुरुङ , बाबू राम परियार गरि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ  भने बाकी २ जना सदस्य कार्य समिती को पहिलो बैठक ले मनोनित गर्ने छ ।

प्रथम अधिबेशन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघ का अध्यक्ष राम कृष्ण श्रेष्ठले सिलाइ ब्यवसायिहरु हक हित र अधिकारका लागि संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनु भयो । केन्द्रिय अध्यक्षको हैसियतले ब्यवसायी को हक हितको बिषयमा आफुले सम्बन्धित ठाउमा आवाज उठाउने पनि बताउनुभयो ।

 

नेपाल कपड़ा तथा सिलाइ ब्यवसायी संघ नवलपुरकाका अध्यक्ष राम बहादुर परियार को अध्यक्षतामा भएको सो कार्यक्रममा सिलाइ ब्यवसायी महासंघका , केन्द्रीय बरिस्ठ उपाध्यक्ष लाल बहादुर परियार , सिलाइ ब्यवसायी संघ गण्डकी प्रदेश का संयोजक किसन सेवा, केन्द्रिय कोषाध्यक्ष गणेश बराल ,केन्द्रयि सदस्य भोज राज रणपाल लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिनुभएको थियो । नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ नवलपुर मा हाल सम्म २ सय १९ जना ब्यवसायी हरु आवद्ध रहेका छ्न ।

प्रकाशित : २०७७ फागुन १९ गते २२:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI