दलदलेमा एकैरातमा दुई ठाउँमा चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २० गते १२:३३
दलदलेमा एकैरातमा दुई ठाउँमा चोरी

देवचुली । देवचुलीको दलदलेमा गएराती  दुई ठाउँमा चोरी भएको छ । दलदलेको ह्याप्पी एफ.एम नजिकै रहेको बाग्लुङ्ग कालिका सुन चाँदी पसलबाट गएराती करिब १ः५० बजेको समयमा चोरले पसलको ताल्चा फोडी चोरी गरेको सुनचाँदी पसलका प्रोपाईटर सुनिता सुनारले जानकारी दिनुभयो । गरगहना भने चोरी नभएको बताउँदै लकरमा भएको १० हजार चोरले लगेको सुनारले बताउनुभयो ।
गएराती नै सोही समयको आसपासमा ह्याप्पी एफ.एम पछाडी रहेको तारानाथ वग्लेको घरबाट दुई लाख रुपैंया चोरी भएको बताइएको छ । घरमा कोही नभएको समयमा तारानाथ वग्लेका ज्वाईँ बोम बहादुर वाग्लेको कोठाभित्र सिरानीमुनी राखिएको दुईलाख रुपैंया पैसा चोरले लगेको पीडितले बताएका छन् ।
चोरी गर्नेको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख धुव्र नारायण श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय देवचुलीका विभिन्न ठाउँमा चोरको विगविगी रहेकाले सर्तकताका साथ रहन आग्रह गरिएको छ ।

प्रकाशित : २०७७ फागुन २० गते १२:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI