No ads found for this position

मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते ८:४७
No ads found for this position
मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड
No ads found for this position
काठमाडाैं, २१ फागुन । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेकी छन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज (अन्तर्राष्ट्रिय साहसी महिला) अवार्ड पाएकी हुन् ।

 

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन् । यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ ।

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो । लामो  समय सम्म  कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।

यसअघि यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले पनि पाएकी थिइन् ।

 


प्रकाशित : २०७७ फागुन २१ गते ८:४७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI