पुर्वी नवलपरासीमा सहिद परिवारलाई भेटेर विप्लव काठमाडौ प्रस्थान

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते ९:२१
पुर्वी नवलपरासीमा सहिद परिवारलाई भेटेर विप्लव काठमाडौ प्रस्थान

कावासोती । पुर्वी नवलपरासीको देवचुलीमा सहिद परिवारलाई भेटेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं प्रस्थान गरेका छ्न ।

केही समय अगाडी पुर्वी नवलपरासी को देवचुलीबाट हिडेका उनी प्रहरी स्कटिङमा काठमाडौ पुग्ने उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार उनी पुर्वी नवलपरासीको पहाडी क्षेत्र बाट रातिको ३ बजे देवचुलीको दलदले आईपुगेका थिए । विप्लव गए राती देवचुली १३ स्थित नवलपूरमा सहिद फुलमाया सारु ‘रमा’को घरमा बास बसेको बताईएको छ ।

प्रतिबन्ध फुकुवा गरेसँगै सरकार र विप्लवपक्षबीच भएको सहमति आज औपचारिक कार्यक्रममा सार्वजनिक गर्ने बताइएको छ ।

सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन् ।

तस्बिर : पत्रकार दिपक भट्टराई

 

प्रकाशित : २०७७ फागुन २१ गते ९:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI