संसदीय दलको नेता चयन भएलगत्तै प्रचण्डको सम्बोधनः ओली पक्षका सांसदलाई पनि आउन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २१ गते १६:१४
संसदीय दलको नेता चयन भएलगत्तै प्रचण्डको सम्बोधनः ओली पक्षका सांसदलाई पनि आउन आग्रह

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरेका छन् । शुक्रबार संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

बैठकमा प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपि ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे ।

नेकपाको प्रतिनिधिसभामा १७२ र  राष्ट्रियसभामा ४९ जना सांसद छन् । संसदीय दलको बैठकमा ११४ जना सांसदको हस्ताक्षर गरेको सांसद सोमप्रसाद पाण्डेले बताएका छ्न । अन्य केही सांसदको हस्ताक्षर गर्न बाँकी रहेको जनाइएको छ ।

प्रकाशित : २०७७ फागुन २१ गते १६:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI