देवचुली  जेसिजकाे आयोजनामा शेयर बजार सम्बन्धि अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २२ गते २२:०३
देवचुली  जेसिजकाे आयोजनामा शेयर बजार सम्बन्धि  अन्तरक्रिया सम्पन्न

डि आर क्षेत्री/दलदले ।  देवचुली  जेसिजकाे आयाेजनामा शेयर बजारकाे विषयमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न   भएको छ । आर्थिक समृद्धिकाे बलियाे मेरुदण्ड र नेपालकाे अर्थतन्त्रमा ठुलाे हिस्सा ओगटेकाे शेयर काराेवारकाे वारेमा खुल्ला वहस नै चलेको थियाे ।
शेयर वजारकाे वारेमा माेफसलमा रहेर लामाे समय देखि काराेवार गर्दै आउनुभएको , छिमेकि शाखा रजहर जेसिजका वर्ष २०२१का महासचिव जेसि दुर्गा प्रसाद काफ्लेले सहजिकरण तथा आफ्नाे शेयर वजारकाे अनुभव , कहिले खरिद गर्ने , कहिले विक्रि गर्ने लगायतका विषयहरुमा उपस्थित सहभागिहरु आपसमा अन्तरक्रिया समेत गरेका थिए ।
सिद्यार्थ वैंक शाखा दलदलेका शाखा प्रवन्धकले शेयर वजारकाे प्राईमरि र सेकेनडरि मार्केट , डि म्याट एकाउन्ट , आई पि ओ , मेराे शेयर जस्ता प्राविधिक विषयहरुमा सहजिकरण गर्नुभएको थियाे । साथै सवैभन्दा छिटाे र सरल तरिका वाट यी सवै सेवाहरु दिन वैंक तयार रहेकाे वताए ।
कार्यक्रममा विषेश अतिथि शिक्षा विकास तथा समन्वय ईकाई , नवलपुरका प्रमुख कृष्ण चन्द्र पाेख्रेलले शुभकामना मन्तव्यकै क्रममा शेयर वजारमा आफ्नाे अनुभव , चुनाैति र समाधानका उपायहरु राख्नु भएको थियाे ।
कार्यक्रम संयाेजक गणेश भुषालकाे स्वागत मन्तव्य , काेषाध्यक्ष ढुन्डिराज केसिले जेसिज आस्था वाचन , महासचिव गणेश सापकोटाकाे सञ्चालन तथा वर्ष २०२१ का अध्यक्ष निलकण्ठ पाेख्रेलकाे सभाध्यक्षता रहेकाे साे कार्यक्रममा नवलपुर क्षेत्रमा ब्राेकर ऐकाउन्टकाे शाखा कार्यालय स्थापना गर्नुपर्नेमा अधिकाशं सहभागी हरुले जाेड दिएका थिए ।

प्रकाशित : २०७७ फागुन २२ गते २२:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI