ज्येष्ठ नागरिकलाई कोरोना खोप आजदेखि, प्रधानमन्त्रीले लगाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २३ गते ७:१९
ज्येष्ठ नागरिकलाई कोरोना खोप आजदेखि,  प्रधानमन्त्रीले लगाउने

काठमाडौँं, २३ फागुन । आज (आइतबार)देखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । काेराेना खाेपकाे दोस्रो चरणअन्तर्गत उक्त उमेर समूहलाइ खाेप दिन लागिएकाे हाे । सोही उमेर समूहमा पर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूमै काेराेना खोप लगाउनुहुनेछ ।

प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाे जनाइएकाे छ । प्रधानमन्त्री ओलीले  खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइनेछ ।

 

दोस्रो चरणको यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य रहेको छ । त्यस्तैगरी आइतबार नै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ ।

त्यस्तै आइतबार नै भारतबात ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ । नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आइतबार ल्याइन लागेकाे हाे । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आइतबार नेपाल आइपुग्नेछ ।

प्रकाशित : २०७७ फागुन २३ गते ७:१९
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI