कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र महिला उत्पीडनलाई निमिट्यान्न पार्न सकिँदैन : प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २४ गते ८:५४
कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र महिला उत्पीडनलाई निमिट्यान्न पार्न सकिँदैन : प्रधानमन्त्री

काठमाडाैँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भइरहेका महिला हिंसा, विभेदका घटनाप्रति सरकारले कडा नीति अवलम्बन गरेकाे भए पनि राज्यकाे प्रयास मात्रैले त्यस्ता घटना निमिट्यान्न पार्न नसकिने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न सरकारले सून्य सहनशीलताको नीति अपनाएकाे बताउनुभयाे ।

पर्याप्त कानुनी र संवैधानिक व्यवस्था गरिसक्दा पनि न्युन चेतनाका कारण समाजमा महिला उत्पीडिनका अवशेषहरु कायमै रहेकाे भन्दै उहाँले कानूनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न नसकिने बताउनुभयाे । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्ने हुँदा यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै रहेकाे उहाँकाे भनाइ छ ।

 

‘अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुव्र्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘यस्ता विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न सरकारले सून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।’

प्रकाशित : २०७७ फागुन २४ गते ८:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI