प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते १०:१३
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद बैठक

काठमाडौँ । सर्वोच्च अदालतले एमाले ब्यूत्याएदिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाकेका छन् । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको गठबन्धनको रूपमा सरकार रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन् ।

मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे डाकिए पनि बैठकका एजेण्डाबारे जानकारी नभएको एक मन्त्रीले जनाएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा सरकार जोगाउन कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले यसबारे पनि परामर्श गर्नेछन् ।

सर्वोच्चको फैसलालगत्तै आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका ओलीलाई कांग्रेस वा जसपासँग गठबन्धन गर्ने भने सजिलो नरहेको जानकारहरू बताउँछन् ।

ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि रूष्ट बनेका ती दलले ओलीलाई साथ दिएमा मात्र उनको नेतृत्वको सरकारले निरन्तरता पाउँनेछ ।

प्रकाशित : २०७७ फागुन २५ गते १०:१३
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI