सेना दिवसको तयारी अभ्यासमा प्यारासुट दुर्घटना, ३ जना सैनिक भृकुटीमण्डपमा खसे

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते १२:२७
सेना दिवसको तयारी अभ्यासमा प्यारासुट दुर्घटना, ३ जना सैनिक भृकुटीमण्डपमा खसे

काठमाडौं। महाशिवरात्रीका दिन पर्ने नेपाली सेनाको सेना दिवसका दिन देखाइने सैन्य कौशलको अभ्यास गरिरहेका बेला नेपाली सेनाको प्यारासुट दुर्घटनामा परेको छ । प्यारासुटबाट हाम्पालेका ३ जना प्याराजम्पर सैनिक दुर्घटनामा परेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका कारण सैनिकहरुलाई गम्भीर चोट भने लागेको छैन । हाम्फालेका यी ३ प्याराजम्परहरु टुँडिखेलमा झर्ने तय थियो । तर, हावाको बहावका कारण सन्तुलन नमिलेपछि उनीहरु भृकुटीमण्डपमा झर्न पुगेका हुन् । उनीहरुको उद्धार भइरहेको सहायक रथी पौडेलले बताए ।

प्रकाशित : २०७७ फागुन २५ गते १२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI