No ads found for this position

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते १२:५८
No ads found for this position
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला
No ads found for this position

कावासोती । चितवन राष्ट्रिय निकुञ्जकोमा गैंडा बाघ मृत फेला परेका छ्न । निकुन्जको पश्चिम सेक्टर (अमलटारी ) अन्तर्गतग कोर  इलाका सेहरी नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी करिब ३० वर्षको भाले गैडा शनिबार मृत् अवस्थामा फेला परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले नवलपुर टाईम्सलाई जानकारी दिएका छ्न ।

भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैंडाको मृत्यु भएको हुन सक्ने अधिकारीले बताए । अधिकारीका अनुसार सो गैडाको खाग खुर लगायत   समान सुरक्षित रहेको छ । उक्त गैडा संगै यस आ.ब २०७७/७८ मा २६ वटा गैडाको मृत्यु भएको र सो मध्ये २२ वटा प्राकृतिक र ४ वटा चोरी  सिकारीको कारण मृत्यु भएको हो

त्यस्तै निकुन्जको सौराहा सेक्टरमा पर्ने कोर इलाका चपरचुली खहरे खोला  क्षेत्रमा करिब अन्द्जी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको  पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बाघको   प्राकृतिक कारण मृत्यु भएको हुन सक्ने निकुञ्जले जनाएको छ । यो सँगै यस आ.व २०७७/७८मा मृत्यू  भएको  पहिलो बाघ भएको अधिकारीले जानकारी दिएका छ्न ।

प्रकाशित : २०७७ फागुन २५ गते १२:५८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI