अपडेट : चार सन्तानसहित नदीमा हाम फालेकी सुकी र छोराको शव भेटियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २५ गते १३:१९
अपडेट : चार सन्तानसहित नदीमा हाम फालेकी सुकी र  छोराको शव भेटियो

चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका– ३  निमायलकी सुकी बडुवाल र उनका १९ वर्षीय छोरा ललित बडुवालको शव कर्णाली नदीको पानीमुनि भेटिएको छ ।

सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना  र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरूको शव भेटिएको दैलेखका डिएसपी  प्रमुख अनुपम श्रेष्ठले बताए । ‘पाँच वर्षीया छोरी रजनी बडुवालको अवस्था अझै अज्ञात  छ,’ उनले भने, ‘गोताखोरको टोलीले शव भेटाएको हो । बेपत्ता एकजनाको खोजी भइरहेको छ ।’

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको र घटनाका विषय अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रकाशित : २०७७ फागुन २५ गते १३:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI