बाटो निर्माणको काममा लापर्वाही भएको भन्दै स्थानिय आक्रोशित

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २६ गते १६:५५
बाटो निर्माणको काममा  लापर्वाही भएको भन्दै स्थानिय आक्रोशित

विवेक भण्डारी/देवचुली
पटक पटक सडक निर्माणको क्रममा बिबादमा आएको देवचुली नगरपालिका वडा नम्बर २ फेरी सडक कै विषयमा विवादमा तानिएको छ ।
देवचुली नगरपालिका वडा नम्बर २ दुम्कौली स्थीत चौधरी ग्राम पूर्वी गेट मिलन टोलमा निर्माण भइ रहेको बाटोको काम कमसल भएको भन्दै स्थानियले विरोध गरेका छन । स्थानियका अनुसार सबबेस माथि हाल्नुपर्ने कालोपत्रे फुका गिट्टी माथि कालोपत्रे गरी झारा टार्नेकाम गरेको अरोप लगाए । मिलन टोल कालोपत्र उपभोक्ता समितिले निर्माणको जिम्मा पाएको उक्त सडकको काम चित्त नबुझेको भन्दै स्थानियले विरोध गरे पछि मंगलवार सडक निर्माणको काम नै रोकीएको थियो ।

१७ सय २० स्क्वायर फिट बाटोको केहि भागमा लापर्वाही तरिकाले काम भएको स्थानिय रमेश क्षेत्रीले बताए । ‘बाटो निर्माण भयो भनि हर्षित भएका हामी अहिले कमसल कामले चिन्तीत बनाएको छ, सबबेस माथि कालो प्राइमर लाउनु पर्ने हो तर हतारहतारमा फुक्का गिट्टीमा कालो पत्रे गरेर काम सक्ने दाउमा रहेको देखियो’ स्थानिय क्षेत्रीले बताए । निर्माणको जिम्मा पाएको समितिले निर्माणको क्रममा केहि त्रुटी भएको स्वीकार गर्दे बाटो निर्माण पुन गर्ने बताए ।

उक्त बाटो निर्माणका लागि देवचुली नगरपालिकाबाट १२ लाख, चौधरी उद्योग ग्रामबाट ५ लाख र वडाको १ लाख ४० हजार गरि कुल १७ लाख ४० हजारको बजेटबाट उक्त बाटो निर्माण गर्न लागेको उक्त वडाका वडा अध्यक्ष माधव केसीले बताए । वडा अध्यक्ष केसीका अनुसार बाटो निर्माणमा लापर्वाही भएको र यसलाई सुधार गर्ने पक्षमा रहेको बताए ।

यता उक्त वाटोको सर्वे गर्ने जिम्मा लिएका सव इन्जीनियर दिपक आचार्यले बाटो निर्माणको क्रममा लापर्वाही भएको बताए । आफुहरु कालो पत्रे राख्ने समयमा सो क्षेत्रमा नभएको हुदा काम बिग्रिएको बताए । अहिले बाटो निर्माण समितिले पिच गरेको भाग पुन उप्काएर काम थालेको छ । यस अघि उक्त वडामा निर्माण भएका सडकमा समेत विवादित प्रश्न उठेका थिए ।

 

प्रकाशित : २०७७ फागुन २६ गते १६:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI