सूर्य चिन्ह मुनी रहेर मात्रै कम्युनिष्ट एकताको आन्दोलन अगाडी बढछ : सांसद महत

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २६ गते १९:४६
सूर्य चिन्ह मुनी रहेर मात्रै कम्युनिष्ट एकताको आन्दोलन अगाडी बढछ : सांसद महत

नेकपा एमालेका केन्द्रिय सदस्य एवं संघीय सांसद तिलक महतले सूर्य चिन्ह मुनी रहेर मात्रै कम्युनिष्ट एकताको आन्दोलन अगाडी बढने बताएका छ्न ।

बुधबार पुर्वी नवलपरासीमा कावासोती स्थित जिल्ला कार्यालयमा नेकपा एमाले को बोर्ड राखे पछि बोल्दै सांसद महतले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै सांसद महतले हिजो देखीएको मतभेदलाई भुलेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने बताएका छ्न । पार्टी निर्माणमा विभिन्न पक्षको भूमिका रहेको भन्दै सांसद महतले एकतालाई सुदृढ बनाउदै जानुपर्ने पनि बताए ।

सर्वोच्चको फैसला पछि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ॠषि कट्टेलको पक्षमा परेर पूर्व एमाले र माओवादी केन्द्र पुन:स्थापना भए सँगै पुर्वी नवलपरासीको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको हो ।

 

जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य ,पार्टी जिल्ला ईन्चार्ज एवं सांसद तिलक महत , पूर्व सभासद जिवन श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा जिल्ला कार्यालयमा नेकपा एमाले लेखिएको बोर्ड राखिएको हो ।

प्रकाशित : २०७७ फागुन २६ गते १९:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI