No ads found for this position

नफाल्नुहोस् मेवाको दाना, यस्ता छन् ८ फाइदा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते १२:०२
No ads found for this position
नफाल्नुहोस् मेवाको दाना, यस्ता छन् ८ फाइदा
No ads found for this position

धेरैजसो व्यक्तिहरु मेवा खाएर त्यसका दाना फाल्ने गर्छन् । तर यसको सेवनले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । मेवाको दानाले पेटमा हुने विभिन्न समस्यालाई कम गर्छ ।

कसरी खाने ? 
१. मेवाको दानालाई पिसेर जुस बनाएर पिउन सकिन्छ ।
२. मेवाको दानालाई खाना सजाउन प्रयोग गर्न सकिन्छ
३. मेवाको दानालाई सुकाएर पिसेर खान सकिन्छ ।

फाइदाः
१. तौल कम गर्न 

मेवाको दाना तौल कम गर्न फाइदाजनक हुन्छ । तौल कम गर्नका लागि मेवाको दानाको प्रयोग गर्न सकिन्छ । यसमा भारी मात्रा फाइबर पाइन्छ । यसले छिटो छिटो भोक लाग्दैन । भने पेट पनि लामो समयसम्म भरिरहन्छ ।

२. भाइरलबाट बचाउँछ 
मौसम परिवर्तन भइरहने कारण मानिसमा विभिन्न प्रकारका भाइरलहरुले सताउने गर्छ । मेवाको दानाको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले शरीरमा हुने विभिन्न इन्फेक्शन र भाइरलबाट बचाउँछ ।

३. पेट सफा गर्न 
मेवाको दानामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले पेट र शरीरका विभिन्न अंगहरुमा हुने विषाक्त पदार्थहरु बाहिर निकाल्छ । जसले पेट सफा गर्न मद्दत गर्छ । यदि पेटमा विभिन्न प्रकारका किराहरु परेमा यसले त्यस्ता किरालाई नाश गर्छ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।

४. छाला सफा राख्न 
मेवाको दानाले छालालाई सफा राख्न पनि मद्दत गर्छ । यसको दानालाई अनुहारमा लगाउन सकिन्छ जसले अनुहारमा हुने दागधब्बा, चाउरी आदिलाई कम गर्छ ।

५. मांशपेशी बलियो बनाउन  
मेवाको दानामा प्रोटिनको मात्रा धेरै हुन्छ । जो व्यक्ति जिम गएर मसल्स बनाउँछन् त्यस्ता व्यक्तिहरुले मेवाको दानाको सेवन गर्न आवश्यक छ । हरेक दिन मेवाको दानाको पाउडर खाँदा शरीरको आकार मिल्दै जान्छ ।

६. मधुमेहको समस्या 
मेवाको दाना मधुमेहका रोगीहरुका लागि फाइदाजनक हुन्छ । मधुमेहको समस्यामा मेवाको दानाको सेवन गर्न आवश्यक छ ।

७.  कोलेस्ट्रोल सन्तुलनमा राख्न 
मुटु स्वस्थ राख्नका लागि कोलेस्ट्रोल पनि सन्तुलनमा राख्न आवश्यक छ । त्यसैले मेवाको दानाको सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत मिल्नुका साथै मुटु पनि स्वस्थ रहन्छ ।

८. मिर्गौला स्वस्थ राख्न 
यदि तपाईं मिर्गौलाको कुनै पनि समस्याबाट चिन्तित हुनुहुन्छ भने त्यसका लागि मेवाको दानाको सेवनले फाइदा पुर्याउँछ ।

प्रकाशित : २०७७ चैत ३ गते १२:०२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI