माधव नेपाल पक्षको राष्ट्रिय भेलाले पारित गर्‍यो १७ बुँदे प्रस्ताव : के के छ्न त प्रस्तावमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ५ गते १९:५३
माधव नेपाल पक्षको राष्ट्रिय भेलाले पारित गर्‍यो १७ बुँदे प्रस्ताव : के के छ्न त प्रस्तावमा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल पक्षको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो ।

भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा(एमाले) का नेता योगेश भट्टराईले बताए ।

सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युँताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरुलार्य सक्रिय बनाउने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले षड्यन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनैपनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए ।

भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनवर्गियहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तिन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए ।

राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुनर्गठन अभियान शुरु भएको बताए । ओलीले आफुहरुसँग सल्लाह नगर्ने एकलकाटे शैली लिएर पार्टी विभाजनमा उदृत रहेको उनको भनाइ छ । आफुहरु २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटी बैठकमा जाने भएपनि ओलीले अवैधानिक रुपमा थपेर विस्तार गरिएको फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने पनि उनले स्पष्ट पारे ।

ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तर्संघर्ष जारी राख्ने उनको भनाइ छ । आफुहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने पनि उनले बताए ।

हेर्नुहोस् १७ बुँदे प्रस्ताव :

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित : २०७७ चैत ५ गते १९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI