इङ्ग्ल्याण्डसँगकाे टी -ट्वान्टी सिरिज भारतलाई

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ८ गते ८:२३
इङ्ग्ल्याण्डसँगकाे टी -ट्वान्टी सिरिज भारतलाई

काठमाण्डाै – भारतले इङ्ग्ल्याण्डविरुद्धको ट्वान्टी-ट्वान्टी सिरिज ३-२ ले जितेको छ ।

गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित रहँदा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी-ट्वान्टी पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ग्ल्याण्डले जितेको थियो ।

टी-ट्वान्टीको विश्व वरियतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित : २०७७ चैत ८ गते ८:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI