सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ८ गते १०:३८
सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ

सम्भोग हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा हो र एक स्वस्थ जीवनका लागि यो आवश्यक पनि ठानिन्छ । यद्यपि, धेरै मानिसहरुलाई योसँग डर पनि लाग्ने गर्छ, त्यसैले कति त सेक्समाथि कुरा गर्न नै डराउँछन् । सेक्सका लागि यस्तो प्रकारको भयलाई इरोटोफोबिया भनिन्छ । इरोटोफोबियामा मानिसहरुको मनमा सेक्सको विषयमा विभिन्न प्रकारको डर हुन्छ ।

इरोटोफोबियामा मानिसहरुको मनमा विभिनन प्रकारको शंका हुन्छ । यदि यसको उपचार समयमा नै नगरिएको खण्डमा यो एक प्रकारको डिस्अर्डरमा परिवर्तन हुनसक्छ । यसले रोमान्टिक सम्बन्धमा पनि नकारात्मक असर पार्नसक्छ । कुनै पनि फोबिया झैं इरोटोफोबियाका पनि थुप्रै लक्षण हुन्छन् । हरेक व्यक्तिको लक्षण र अनुभव एक–अर्काभन्दा भिन्न हुनसक्छ । इरोटोफोबिया विभिन्न प्रकारको हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

जेनोफोबियाः

जेनोफोबियालाई कोइटोफोबियाको एक रुप पनि मानिन्छ । यसमा मानिसहरुलाई यौन सम्बन्ध स्थापित गर्न डर लाग्छ । जेनोफोबिया भएको स्थितीमा मानिसहरु आफ्नो रोमान्टिक सम्बन्धमा चुम्बन वा अँगालो हाल्नेजस्ता क्रियाकलापलाई असाध्यै रुचाउँछन् तर यौन सम्बन्ध स्थापित गर्न वा बढी फिजिकल हुन उनीहरुलाई डर लाग्छ ।

इन्टिमेसीको डरः

यस्तो प्रकारको फोबियामा मानिसहरुलाई शारीरिक सम्बन्ध स्थापित गर्न नभई यसका कारण निम्तिने भावनात्मक लगावसँग डराउँछन् । उनीहरुको मनमा एउटा कुराको डर हुन्छ – पार्टनरले कतै छोड्ने हो कि भन्ने डर उनीहरुको मनमा भित्रैदेखि गढेको हुन्छ ।

प्यारोफोबियाः

यौन विकृतिको डर पनि एक प्रकारको फोबिया हो । केही मानिसहरुलाई सेक्सका कारण उनीहरुमा कुनै प्रकारको विकृति निम्तिने हो कि भन्ने कुराको डर हुन्छ । यस्तै कोहीलाई भने आफ्नो कारणले अर्को व्यक्तिमा कुनै विकार आउने हो कि भन्ने डर हुन्छ । यस्तो फोबियाद्वारा ग्रसित मानिसहरु आफूले बनाएको नियममार्फत् नै यौन सम्बन्धको आनन्द लिन्छन् । यस्तै, कोही मानिसहरु भने कुनै पनि प्रकारको अंतरङ्गी क्रियाकलापसँग डराउँछन् ।

हाफेफोबियाः

यो फोबियामा मानिसहरुलाई छोइने हो कि भन्ने डर लाग्छ । यसैका कारण उनीहरुको थुप्रै सम्बन्ध प्रभावित हुनसक्छ । यस्तो फोबियाद्वारा ग्रसित मानिसहरुमा कुनै आफन्तले छुने हो कि भन्ने डर हुन्छ जबकि केही मानिसहरु आवश्यकताभन्दा बढी शारीरिक सम्पर्कसँग डराउँछन् ।

जिम्नोफोबियाः

यसमा मानिसहरुलाई नग्नताको भय हुन्छ । मानिसहरु अरुको अगाडि नग्न हुन डराउँछन् । केही मानिसहरु आफ्नो बडी इमेजका कारण पनि यौन सम्बन्ध स्थापित गर्न डराउँछन् ।

फिलेमाफोबियाः

यसलाई फिलेमोटोफोबियाको नामले पनि चिनिन्छ । यसमा मानिसहरुलाई चुम्बन गर्न डर लाग्छ । यसका विभिन्न कारण हुनसक्छन् । जस्तै कि जो मानिसहरुको मुखबाट दुर्गन्ध आउँछ, उनीहरु कसैलाई चुम्बन गर्न डराउँछन् । यसका साथै केही मानिसहरुलाई लाग्छ कि चुम्बन गर्दा उनीहरुको मुखमा किटाणु छिर्ने गर्छ ।

यी हुन् कारणः

हरेक व्यक्तिमा भिन्न भिन्न कारणले इरोटोफोबिया हुनसक्छ । केही मानिसहरुको मनमा आफ्नो अतितको घटनाका कारण डर पैदा हुन्छ । यौन शोषण, खराब अनुभव, कुनै मानसिक आघातजस्ता कारणले इरोटोफोबिया हुनसक्छ । यसबाहेक केही मानिसहरुलाई परफर्मेन्स एङ्जाइटी हुन्छ जसका कारण पनि मानिसहरुको मनमा सेक्सका लागि भय हुन्छ ।

के हो उपचार ?

इरोटोफोबिया एक जटिल समस्या हो र साधारणतया यसको उपचार कुनै स्वास्थ्य विज्ञको उपचारमार्फत् नै पाउन सकिन्छ । सर्टिफाइड सेक्स थेरपिस्ट यस्तो प्रकारको उपचारमा उत्कृष्ट मानिन्छन् । थुप्रै पटक मानसिक स्वास्थ्यका विज्ञले पनि इरोटोफोबियाको उपचार गर्न सक्षम हुन्छन् ।

प्रकाशित : २०७७ चैत ८ गते १०:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI